Hamro Patra
कर्णालीमा तीन बेपत्ता

टीकापुर, भदौ १८

कर्णाली नदीमा तीन जना बेपत्ता भएका छन् । दाउरा बटुल्न गएका बर्दियाको  गेरुवा गाउँपालिका वडा नं. ४ जोधीपुरका तीन जना कर्णाली नदीमा आज दिउँसो बेपत्ता भएका हुन् ।

Khadga Memorial And Janajagriti

गेरुवा गाउँपालिकाका अध्यक्ष जम्मानसिंह केसीका अनुसार बेपत्ता हुनेमा जोधीपुरका ४० वर्षीय बलबहादुर रोकाय, १७ वर्षीय पबी रोकाय र १४ वर्षीय भरत कडायत रहेका छन् । नदीमा बगेर आएको काठ पौडी खेलर संकलन गर्ने क्रममा तीनै जना कर्णाली नदीको रत्बन्धुवा भन्ने स्थानबाट बेपत्ता भएको अध्यक्ष केसीले बताए ।

स्थानीयका अनुसार उनीहरु दाउरा समात्न हात समातेर नदीमा गएका थिए । बेपत्ताहरुको स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको छ । बेपत्ताको खोजी गर्न मोटर बोट लिएर गोताखोरका टोली पनि घटनास्थलतर्फ आइरहेको छ । स्थानीय मनिष खड्काका अनुसार बलबहादुर र भरत मामा भाञ्जा हुन् । 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update