Hamro Patra
नदीमा एक मलामी बेपत्ता

टीकापुर, भदौ १६

कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाका एक व्यक्ति नदीमा डुबेर बेपत्ता भएका छन् । स्थानीय कन्द्रा नदीमा आफन्तको मलामी गएका वडा नं. ४ माघीका ४५ वर्षीय कालुसिंह साउँद नदीमा डुबेर बेपत्ता भएका हुन् ।

Khadga Memorial And Janajagriti

मलामी गएर नदीमा नुहाउन लाग्दा साउँद बेपत्ता भएको वडा नं. ४ का अध्यक्ष टेकबहादुर बुढाले जानकारी दिए । विहान सवा ११ बजे साउँद बेपत्ता भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय सुख्खडले बेपत्ता साउँदको खोजी कार्य जारी रहेको जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी कार्य जारी राखेको बताए ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update