Hamro Patra
सामुहिक बलात्कार आरोपी चारैजना पक्राउ

टीकापुर, भदौ १४
जानकी गाउँपालिका–९ खैरीफाँटामा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोप लागेका चारैजना युवा पक्राउ परेका छन । प्रहरीका अनुसार उनीहरुलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका कुमार कडारा, शंकर विश्वकर्मा, दीपक कडारा र लोकेन्द्र रावत रहेका छन । उनीहरुले भदौ ११ गते राति १० बजे स्थानीय १७ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको बताईएको छ ।

Khadga Memorial And Janajagriti

राति आफ्नो वल्लो घरबाट पल्लो घर गैरहेकी ती युवतीलाई चारैजना युवाहरुले नियन्त्रणमा लिएर बलात्कार गरेको पीडित युवतीका आफन्तले बताएका छन । घटना लगत्तै पीडित युवतीका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले पक्राउ परेका चारैजनालाई म्याद थपका लागि धनगढी पठाईएको बताए । उनले घटनाका सम्बन्धमा आरोपीसँग बयान लिने काम भैरहेको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update