Hamro Patra
मुख्यमन्त्री भट्टको रिपोर्ट नेगेटिभ

टीकापुर, भदौ १२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री भट्टसहित ८३ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

Khadga Memorial And Janajagriti

आइतवार मुख्यमन्त्री भट्टका सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो । चालकको सम्पर्कमा आएका ८३ जना नै क्वारेन्टाइनमा बसेका थिए । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार परीक्षणका क्रममा मुख्यमन्त्री भट्ट, उनका परिवारका सदस्य, स्वकीय सचिवालयका कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निजामती सेवाका कर्मचारीसहित ८३ जनाको रिर्पोट नेगेटिभ आएको हो । मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउँदै आएका २३ वर्षीय चालकमा कोरोना पुष्टि भएको थियो ।

शुक्रवार मात्रै सुदूरपश्चिममा ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय ३९ पुगेको छ ।

संक्रमण पुष्टि भएका चार हजार सात सय ९१ जनाले कोरोना जितेका छन भने १४ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update