Hamro Patra
मुलपानी कोरोनाको ‘हटस्पट’ बन्ने खतरा

टीकापुर, भदौ १२
टीकापुर नगरपालिका–२ मुलपानी कोरोनाको ‘हटस्पट’ बन्ने खतरा देखिएको छ । कर्णाली नदी किनारस्थित मुलपानी क्षेत्रमा दिनहुँ सयौंको संख्यामा मान्छे जाने गरेका छन ।

त्यहाँ रहेका पोखरीमा नुहाउन दिनहुँ सयौंको संख्यामा मान्छे मुलपानी जाने क्रम बढेको छ । पोखरीमा सँगै नुहाउने क्रममा कोरोना फैलिन सक्ने खतरा रहेको छ । टीकापुर नगर क्षेत्रका विभिन्न ठाउँमा मानिसहरु नुहाउन जाने गरेका छन । नुहाउन जानेमा बढीजसो युवायुवती रहेका छन ।

Khadga Memorial And Janajagriti

ढुंगा बालुवा संकलन गर्ने क्रममा परेको खाल्डोमा पानी जमेको छ । जमिनमूनीबाट पानी निस्कने भएका कारण सो ठाउँलाई स्थानीयले मुलपानी नामाकरण गरेका छन । पछिल्लो समय मुलपानी घुम्न जानेको संख्या बढेपछि त्यसको व्यवस्थापन तर्फ समेत ध्यान दिईएको छ ।

वडा नं. २ स्थित जनशक्ति सामुदायिक वनले मुलपानीमा ‘भ्यूटावर’ निर्माण थालेको छ । सो ‘भ्यूटावर’ बाट मुलपानी क्षेत्रको दृश्यावलोकन गर्न सहज हुनेछ । कर्णाली नदी किनारको रमणीय वातावरणले पनि धेरै मानिसहरु मुलपानी घुम्न जान थालेका छन ।

तत्कालिन अवस्थामा कोरोनाको जोखिमका कारण मानिसको जमघटमा रोक लगाउन आवश्यक देखिए पनि भविष्यमा मुलपानी राम्रो गन्तव्य बन्ने देखिन्छ । स्थानीयले मुलपानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रयास गरिरहेका छन ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update