Hamro Patra
वादविवाद प्रतियोगिताको पहिलो चरणको सेमीफाइनल सम्पन्न

कमल खनाल
टीकापुर, भदौ ११
ग्रीन कमाण्डो अर्थ (जिसीई) द्वारा आयोजित राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको दोस्रो चरणको सेमीफाइनल सम्पन्न भएको छ । ८ प्रतियोगी बिच भएको प्रतिस्पर्धाको सञ्चालन बर्षा राउत एलिना थापा र सिता बस्यालले गरेका थिए ।

विभिन्न वातावरणणीय एवम् कृषि पक्षलाई विषयवस्तु बनाएर आयोजना गरिएको वादविवाद प्रतियोगितामा प्रतियोगीहरूले आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए ।

Khadga Memorial And Janajagriti

वातावरणीय बिषय प्लास्टिक झोलालाई कागजका झोलाले प्रतिस्थापन गर्नुपर्छ भन्ने बिषयको बिपक्षबाट बोल्दै ईन्दिरा न्यौपानेले कागजको झोला बनाउन प्लास्टिकको झोला बनाउन भन्दा डबल खर्च लाग्ने र हरेक दिन धेरै मात्रामा रूख कटान आवश्यक पर्ने कुरा बताएकी थिईन् ।

यसै बिषयको पक्षमा अर्का प्रतिष्पर्धी अग्रता शर्माले प्लास्टिकजन्य पदार्थ कुहिनको लागि जमिनमा करिव एक हजार बर्ष र पानीमा करिब चार सय बर्ष लाग्ने र यसले जमिन तथा जलचर प्राणीलाई ठूलो असर परेको घटनालाई औँल्याउदै आफ्ना तर्क राखेकी थिईन् ।

त्यस्तै कृषि बिषयको “राम्रो र गुणस्तरीय उत्पादनको लागि रासायनिक मल भन्दा प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ“ भन्ने बिषयको पक्षबाट स्मृद्दि देबले २०१७ मा १२३ टन पर हेक्टरमा प्रयोग गरिएको रासायनिक मलले ५ दशमलव ८ अर्ब बोट बिरूवा नष्ट भएको प्रमाण प्रस्तुत गरेकी थिईन् ।

प्राङ्गारिक मल उत्पादन गर्दा वातावरणमा प्रदुषण बढ्ने र मानिसलाई विभिन्न रोग लाग्ने लगायत हरित गृहमा समेत असर परेको जस्ता तर्क सुभेक्षा अर्यालले बिषयको बिपक्षबाट राखेकी थिईन् । साथै सामर्थ झाले रासायनिक मलले मानव स्वास्थमा परेका नकारात्मक असरहरू लाई औल्याउदै विभिन्न तथ्य प्रस्तुत गरेकी थिईन ।

प्रतियोगीहरूको कडा प्रतिस्पर्धा बिचमा फाइनलको लागी ४ जना प्रतियोगीहरू चयन भएका छन । जसमा सम्वृद्धी देव, सामथ्र्य झा, सुभेक्षा अर्याल र इन्दिरा न्यौपाने रहेका छन ।

कार्यक्रममा निर्णायकको भूमिकामा मेघा बजाज, अभिषेक खड्का र प्रशान्त अधिकारी रहेका थिए । ७० जनाको उपस्थितिमा जुम मार्फत सञ्चालन गरिएको यस कार्यक्रमको समापन जिसीईका प्रोजेक्ट हेड आशिष लामीछानेले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update