Hamro Patra
जिसीईद्वारा जुममार्फत देशब्यापी वादविवाद प्रतियोगिता

सृष्टी अर्याल
टीकापुर, भदौ १०
ग्रिन कमाण्डो अर्थ (जिसीई) द्वारा आयोजित राष्ट्रियस्तरको खुल्ला वादविवाद प्रतियोगिताको पहिलो चरणको सेमीफाइनल सम्पन्न भएको छ । १६ प्रतियोगी बिच भएको प्रतिस्पर्धाको सञ्चालन बर्षा राउत र सिता बस्यालले गरेका थिए ।

विभिन्न शैक्षिक एवम् सामाजिक पक्षलाई विषयवस्तु बनाएर आयोजना गरिएको वादविवाद प्रतियोगितामा प्रतियोगीहरूले आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए ।

Khadga Memorial And Janajagriti

प्रतियोगी रियाना ढुगांनाले अनलाइन क्लासबाट भरखर मात्र भारतको केरलामा भएको घटनालाई औल्याउदै विपक्षबाट आफ्नो तर्क राखेकी थिईन भने अर्का प्रतियोगी जतिन भूषालले प्रविधिको विकासले गाउँलाई समेत छोएको धारणा राखेका थिए । उनले मोबाइल चलाउन नजानेकी एक वृद्धाले आज प्रविधी अनुरूप अनलाइन मार्फत आमा समूहको बैठकमा सहभागीता जनाउने कुरालाई आफ्नो दावी पेश गरेका थिए ।

प्रतियोगीहरूको कडा प्रतिस्पर्धा बिचमा दोस्रो चरणको सेमीफाइनलको लागी ८ जना प्रतियोगीहरू चयन भएका छन । जसमा सम्वृद्धी देव, प्रिस्मा पोखरेल, आशिष सापकोटा, टीका पाण्डे, सामथ्र्य झा, सुभेक्षा अर्याल, इन्दिरा न्यौपाने र अग्रता शर्मा रहेका छन । बाँकी १ जनालाई वाइल्ड कार्ड इन्ट्रि मार्फत भित्र्याइने छ ।

कार्यक्रममा निर्णायकको भूमिका बर्षा भण्डारी, सुमन गिरी, र प्रसुराम निरौलाले निर्वाह गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update