Hamro Patra
लागुऔषध सहित एक युवा पक्राउ

टीकापुर, भदौ १०
टीकापुर नगरपालिका–७ बैदीका एक युवा लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा १९ वर्षका रोशन बुढा रहेका छन ।

उनलाई प्रहरीको गस्ती टोलीले आज दिउसो ४ बजे १४८ थान ट्याब्लेट सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमका अनुसार उनको साथबाट १० पत्ता नाइट्राभेट–१० नामक लागुऔषध बरामद भएको छ । सो लागुऔषध उनले भारतीय नागरिक तिकुनियाँ बन्दिपुरका जगदीस कुमारबाट खरिद गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

Khadga Memorial And Janajagriti

प्रहरी निरिक्षक बमले जगदीस कुमारले लागुऔषध कालाकुण्डाघाटसम्म पु¥याएको र सो ठाउँबाट बुढाले खरिद गरेको पाईएको जानकारी दिए । उनले सो लागुऔषध २ हजार ५ सय रुपैयाँमा खरिद गरेको प्रहरीलाई बताएका छन ।

प्रहरीले पक्राउ परेका बुढालाई लागुऔषध कारोवार अन्र्तगत मुद्दा चलाउने प्रहरी निरिक्षक बमले जानकारी दिए ।

तस्विरः गुगल

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update