Hamro Patra
मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

टीकापुर, भदौ ७
विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना संक्रमण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका सवारी चालकमा पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्री त्रिलोचन भट्टका २३ वर्षीय सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सेती प्रादेशिक अस्पतालको आइसोलेनका दुई जना पूर्व स्वीपर २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका तीनै जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको धनगढी उपमहानगरका स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

Khadga Memorial And Janajagriti

उपाध्यायका अनुसार कोरोना पुष्टि हुनेमा सेती अस्पतालको आइसोलेनका पूर्व स्वीपर ६० वर्षीय २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज नै कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार शय जनाको नमूना परीक्षण गर्दा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५ जना, धनगढी उपमहानगरपालिकाका ४ महिला र ४ पुरुष गरी ८ जना, घोडाघोडी नगरपालिका ११ का ३ पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।

यस्तै भजनी नगरपालिका २ का एक महिला र ३ पुरुष गरी चार जना, जोशीपुर २ का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । कञ्चनपुरको पुर्नवास नगरपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष गरी २ जना तथा स्थानीय तह नखुलेका थप दुई गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ५ हजार ४ शय ६ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update