Hamro Patra
जन्मदिनमा सहारा घरलाई सहयोग

टीकापुर, भदौ ७

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले आफ्नो जन्मदिन सहारा घरमा मनाएका छन् । बर्दगोरिया गाउँ पालिका वडा नं. २ स्थित सहारा घरमा महासचिव रावलले आफ्नो जन्मदिन मनाएका हुन् ।

Khadga Memorial And Janajagriti

विभिन्न क्षेत्रमा आफन्तैबाटै तिरस्कृत हुँदै सडकमा आएका बेसहाराहरुलाई संरक्षण गर्दै आएको सहारा घरमा रहेका पाहुनालाई रावलले भोजन सेवा गरेर जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा रावलले सहारा घरको अक्षयकोषमा ५ हजार ५ शय ५५ रुपैयाँ सहयोग गरेका हुन् ।

बेसहाराहरुको सेवामा समर्पित सहारा घरमा सानो सहयोग गर्न पाएको बताउँदै रावलले कुनै पनि व्यक्तिले सडक जीवन यापन गर्न नपरोस् भन्दै शुभकामना दिए । सहारा घरका संरक्षक बलबहादुर विष्टले महासचिव रावलले सहारा घरको स्थापनाकालदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

रावलले आफ्नो र छोराछोरीको जन्मदिनको अवसरमा मानवीय सेवा गरेर मनाउने गरेका छन् । हाल सहारा घरमा नेपाल तथा भारतका गरी ८२ जना पाहुनाहरु बस्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update