Hamro Patra
आगलागीबाट किराना पसलमा क्षति

टीकापुर, भदौ ६

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. बीस्थित एक किराना पसलमा गएराति आगलागी भएको छ । स्थानीय खगेन्द्र कोइरालाको तुलसी इन्टरप्राइजेज तथा तुलसी दुध डेरीमा गएराति आगलागी भएको हो ।

Khadga Memorial And Janajagriti

आगलागीबाट पसलमा रहेको दैनिक उपभोग्य खाद्यान्न, फ्रिजहरु लगायत सामान जलेर नष्ट भएको छ । गएराति डेढ बजेको समयमा पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

आगलागी नगरपालिकाको दमकल, स्थानीय बासी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

डेरीमा विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update