Hamro Patra
विष्णु माझीको पिँडालु बजारमा
Khadga Memorial And Janajagriti

टीकापुर, २९ चैत
नेपाली लोकदोहोरी सांगीतिक क्षेत्रकी चर्चित लोक गायिका विष्णु माझीको नयाँ गीत बजारमा आएको छ । ‘पिँडालु खुर्केर काट त्यत्तिकै बोक्राले कोक्याउला, बेलेमा होश गर सानु बेइमानी बैशले झुक्याउला’ बोलको गीत बजारमा आएको हो ।

 

तेजस रेग्मीको शब्द र संगीत रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टले युट्युब च्यानलमार्फत बजारमा ल्याएको छ । सो गीतमा विष्णु माझीसँगै तेजस रेग्मीले समेत स्वर दिएका छन ।
पछिल्ला दिनमा युट्युबमा निकै रुचाईएको सो गीतमा चर्चित लोक दोहोरी गायक कुलेन्द्र विक, तेजस रेग्मी र रक्षा श्रेष्ठले अभिनय गरेका छन । गीतको निर्देशक शिव विकले गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update