Hamro Patra
कैलालीमा पुनः निषेधाज्ञा

टीकापुर, भदौ ३
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले बिहीवार राति १२ बजेदेखि भदौ १४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर यो औषधि, खाद्यवस्तु र अत्यावश्यकीय सामान खरिद बिक्रीको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन् । अत्यावश्यक कामका लागि पनि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्णय समेत गरिएको छ । निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ । तर अत्यावश्कीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारी साधन भने सञ्चालन हुनेछन् ।

CMA Staff

सम्पूर्ण व्यापार व्यवसाय समेत सञ्चालनमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । जोशीका अनुसार डिपार्टमेन्ट स्टोर, सैलुन, व्युटिपार्लर, जिमखाना, फुटपाथमा संचालन हुने व्यापार, होटल तथा रेष्टुरेन्टहरु बन्द हुनेछन् ।

खाद्यान्न, तरकारी, दुध, फलफुल, मासुको हकमा सुरक्षाका मापदण्ड पालना गरी विहान ५ बजेदेखि ९ बजेसम्म खोल्न सकिनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update