Hamro Patra
कैलाश खोलाको बितण्डा, छ जनाको ज्यान गयो ११ अझै बेपत्ता

अछाम, भदौ ३
अछाममा बाढी पहिरोले ठूलो मानवीय क्षति पुगेको छ । कैलाश खोलामा आएको बाढीले बगाउँदा छ जनाको ज्यान गएको छ भने ११ जना अझै बेपत्ता छन ।

अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका–५ सैनीबजारका १७ जनालाई बगाएको बताईएको छ । उनीहरु मध्ये ६ जनाको शव कैलाश खोलाका विभिन्न स्थानमा भेटिएको छ । ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

यस्तै २ जनाको मंगलसेन नगरपालिका–३ स्थित लमतणा र सेरीमा भेटिएको स्थानीय प्रकाश कुवरले बताए । जनप्रतिनिधि, प्रहरी, स्थानीयको टोली उद्धारका लागि सैनिबजारमा गइसकेको रामारोशन गाउपालिकाका अध्यक्ष झंकर बहादुर साउदले जानकारी दिएका छन ।

सदमुकामबाट पैदलमा करिब ७ घण्टा लाग्ने भएकाले चाडै उद्धारमा कठिनाइ भए पनि पहल भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिएका छन ।

खोलामा आएको बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत बगाएको छ । कैलाश खोलामा निर्माण भएको पक्की पुलको केही भाग समेत बाढीले बगाईदिएको छ । केही झोलुङ्गे पुल समेत बगाएको स्थानीयले बताएका छन । त्यहाँ रहेका साना जलविद्युत आयोजनामा समेत बाढीले ठूलो क्षति पु¥याएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update