Hamro Patra

टीकापुर, साउन २९

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. १ थपालीपुरकी एक बालिकाको चट्यांग लागेर ज्यान गएको छ । घर नजिकैको चउरमा खेलिरहेकी १५ वर्षीया मञ्जु शाहीको चट्यांग लागेर ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

स्थानीय ललित जैशीले दिएको जानकारी अनुसार शाहीको घटनास्थलमै चट्यांग लागेर ज्यान गएको हो । उनको शरीरभरि निलडाम छ ।

चट्यांग लागेर सोही ठाउँकी १३ वर्षीय भावना शर्मा घाइते भएकी छिन् । घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्र चन्दले चट्यांग लागेर शाहीको ज्यान गएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update