Hamro Patra
मनेहरा पुल नजिकै एक व्यक्ति मृत भेटिए

धनगढी, साउन २९
कैलालीको गोदावरी नगरपालिका गेटा नजिक डडेल्धुराको अमरगढी नगरपालिका–८ का खेम साकी मृत अवस्थामा भेटिएका छन ।

उनीसँगै से ६ प ३३८९ नम्बरको मोटरसाइकल सडकबाट तल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

प्रहरीले मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने जनाएको छ । धनगढी–अत्तरीया छ लेन सडकको मनेहरा पुल नजिकैको मोडमा दुर्घटना भएको छ । सो दुर्घटना हिजो राति नै भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।


तस्विरः दिनेश खबर डट कम

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update