Hamro Patra
जिप र मोटरसाइकल ठोक्किदा दम्पत्ती घाईते
Khadga Memorial And Janajagriti

लम्की, साउन २९
कैलालीको लम्कीमा आज जिप र मोटरसाइकल आपसमा ठोक्किदा एक दम्पत्ती घाईते भएका छन । स्थानीयका अनुसार से १ ग १५६० नम्बरको जिपले ठक्कर दिँदा सु.प.प्र. ०१००८ प २८०३ नम्बरको मोटरसाइकलमा सवार दम्पत्ती घाईते भएका छन ।

घाईते हुनेमा लम्की चुहा नगरपालिका–१ का लालमणी देवकोटा र लक्ष्मी देवकोटा रहेका छन । पश्चिम दिशातर्फ गैरहेको मोटरसाइकललाई विपरित दिशाबाट आएको जिपले ठक्कर दिएको स्थानीयले बताएका छन ।

जिपको ठक्करबाट घाईते भएका दम्पत्तीको लालरत्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको खुट्टामा चोट लागेको छ । दुर्घटनामा परेर मोटरसाइकलमा समेत क्षती पुगेको छ । इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले जिप र मोटरसाइकल नियन्त्रणमा रहेको जानकारी दिएका छन ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update