Hamro Patra
प्रहरी हिरासतमा एक व्यक्तिको मृत्यु

धनगढी, साउन २८
कैलालीको फूलबारीमा प्रहरी हिरासतमा आज एक व्यक्तिको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका– १४ फूलबारीका करिव ४५ वर्षका अमरबहादुर चन्दको प्रहरी चौकी फूलबारीको हिरासत भित्र ज्यान भएको छ ।

उनी आजै बिहान मदिरा सेवन गरी झैझगडा गरेको आरोपमा पक्राउ परेका थिए । उनको शव घाँटी काटिएको अवस्थामा शौचालयमा फेला परेको प्रहरीले जनाएको छ ।

Khadga Memorial And Janajagriti

फूलबारी ‘सी’ गाउँमा रक्सी खाएर घरघरमा बन्चरो हान्न थालेको भन्ने सूचनाका आधारमा चन्दलाई प्रहरीले पक्राउ गरेको थियो । शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ ।

घटनाबारे अनुन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा टोली खटिएको जबराले बताए ।

फोटो ः दिनेश खबर डट कम

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update