Hamro Patra
पेनाल्टी सुटआउटको तयारी पूरा
Khadga Memorial And Janajagriti

धनगढी, २९ चैत
धनगढीमा हुने रात्रीकालिन पेनाल्टी सुटआउट प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक स्थानीय एसटिएस टेलिभिजनले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षझैं यस वर्षपनि चैत्र ३० गते हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।


प्रतियोगिताको उदघाटन धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले गर्ने आयाजकले जनाएको छ । प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउने छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजारका साथै ट्रफी, द्वितीय हुने टिमले नगद ७५ हजार र ट्रफी पुरस्कार पाउने छन । गत वर्ष प्रतियोगितामा प्रथम हुनेले १ लाख पाएको थियो । संयोजक श्रेष्ठले प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्कोरले माइक्रोम्याक्स कम्पनीको मोबाइल पाउने छन । यस्तै सबैभन्दा पाको उमेरका खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।


त्यस्तै प्रतियोगिता अवलोकनका लागि आउने व्यक्तिहरु मध्येबाट गोला प्रथाबाट एकजनालाई होण्डा कम्पनीको स्कुटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यसका लागि दर्शकले ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ । धनगढीमा रहेको ओम प्यालेसमा चैत्र ३० गते साँझ सुरु भई राति १२ बजे नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै प्रतियोगिता समापन हुने बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update