Hamro Patra
पत्रकार बिसीको उपचारमा सहयोग गरिदिन महासंघको अपिल

टीकापुर, साउन २२
अछाममा कार्यरत पत्रकार धु्रब बिसीको उपचारका लागि सहयोग गरिदिन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सबैसँग अपिल गरेको छ । महासचिव योगेश रावलले आज एक विज्ञप्ती जारी गरी सकृय पत्रकार बिसीको जीवनरक्षाका लागि हातेमालो गरिदिन अनुरोध गरेको छ ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व सदस्य रहेका बिसी रेडियो सोसाइटीका प्रबन्ध निर्देशक, नयाँ पत्रिका दैनिक र हिमालय टेलिभिजनका अछाम संवाददाता हुन । उनी उच्च रक्तचापका कारण दुईवटै मिग्रौलामा समस्या आएपछि हाल काठमाण्डौंस्थित बिर अस्पतालमा उपचारत छन । चिकित्सकले उनको मिग्रौला फेर्नुपर्ने भनेको छ ।

Khadga Memorial And Janajagriti

विज्ञप्तीमा सुदूरपश्चिमको पहाडी जिल्लामा कार्यरत एक पत्रकारका लागि मिग्रौला फेर्न खर्चको जोहो गर्नु निकै चुनौतीपूर्ण रहेकाले आम पत्रकार, सबै शुभेच्छुक व्यक्तित्व, विभिन्न संघसंस्था लगायत सबैमा जीवनरक्षाका लागि हातेमालो गरिदिन आग्रह गरिएको छ ।

महासंघले सहयोग गर्न चाहने महानुभावले सोझै पत्रकार बिसीको राष्ट्रिय वाणिज्य संघ मंगलसेनस्थित शाखाको खाता नं. ४२६०००६३४२१० मा रकम जम्मा गर्न सक्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update