Hamro Patra
टीकापुरमा भारतीय माछा निर्वाध भित्रिदै

टीकापुर, साउन २१
भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल आवागमनमा रोक लगाइए पनि नेपालमा बन्देज गरिएका माछा भने टीकापुरसम्म निर्वाध भित्रिने गरेको पाइएको छ ।

माछा व्यवसायमा संलग्न केही व्यापारीहरुले भारतीय बजारबाट नेपालमा बिक्री वितरणमा रोक लगाइएका बैखा जातका माछाहरु टीकापुरमा बिक्री गर्दै आएका छन् । टीकापुर नगर प्रहरीले अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गरिरहेको अवस्थामा टीकापुर बजारबाट ५० के.जी. माछा आज बरामद गरेको छ ।

Khadga Memorial And Janajagriti

नगर प्रहरी प्रमुख पहल शाहीले अस्पताल लाइनको तरकारी बजारमा लुकीछिपी भारतबाट बिक्री गरिरहेको बैखा जातको माछा बरामद गरिएको बताए । शाहीका अनुसार व्यापारीहरुले भजनी नगरपालिकाको विभिन्न नाकाबाट भारतीय बजारमा गएर बैखा जातको माछा ल्याएर टीकापुरमा बिक्री हुने गरेको छ ।

भारतबाट माछामासु र फलफूल ल्याउँदा क्वारेन्टाइन चेक गरेर मात्रै ल्याउने पाइने व्यवस्था छ । लामो समयसम्म सड्न नदिन स्वास्थ्यका लागि हानिकारक मानिएको केमिकल प्रयोग गरिएको माछा बिक्री भइरहेको हो ।

कोरोना संक्रमण बढेसँगै सीमावर्ती क्षेत्रबाट दुबै देशका नागरिकलाई आवतजावतमा समेत रोक लगाइएको अवस्थामा भारतीय माछा बिना चेकजाँच भित्रिएका हुन् । सीमा क्षेत्रमा अवैध आवगमन रोक्न सरकारले सशस्त्र प्रहरी बललाई सुरक्षामा खटाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update