Hamro Patra
इलाका प्रशासनद्वारा सेवाप्रवाहमा कडाई

टीकापुर, साउन २१
इलाका प्रशासन कार्यालय टीकापुरले आफू मातहतका स्थानीय पालिकाहरुको सेवाप्रवाहलाई समयतालिका अनुसार विभाजन गरेको छ । उसले सेवाग्राहीको चापका कारण कोभिड–१९ को जोखिम बढ्दै गएको भन्दै स्थानीय तहगत रुपमा सेवा प्रवाह गर्न आज सार्वजनिक सूचना जारी गरेको छ ।

यही साउन २३ गतेदेखी अर्को व्यवस्था नभएसम्मका लागि कार्यालयले स्थानीय पालिकाको सेवाप्रवाहमा समयतालिका अनुसार विभाजन गरेको कार्यालय प्रमुख शंकरबहादुर बिष्टले जारी गरेको सूचनामा उल्लेख छ ।

Khadga Memorial And Janajagriti

कार्यालयले जारी गरेको सूचनामा भजनी नगरपालिका र जानकी गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बिहीवारको मिति तय गरिएको छ । त्यस्तै टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका लागि सोमवार र बुधबार तथा लम्की चुहा नगरपालिकाका लागि मंगलबार र बिहीवारको मिति तय गरिएको सूचनामा उल्लेख छ । टीकापुर नगरपालिकाका सेवाग्राहीका लागि शुक्रवार समेत समय तालिका निर्धारण गरेको छ ।

कार्यालयले सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र ग्लोब्स जस्ता सुुरक्षाका मापदण्ड प्रयोग गर्नुपर्ने उल्लेख छ । कार्यालयले शान्ति सुरक्षाको निवेदन लगायतका ठाडो उजुरी सम्बन्धी कार्य र सरकारी कार्यालयसँग समन्वय र छलफल समेतका कार्यहरु भने पूर्ववत रुपमा सुचारु रहने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update