Hamro Patra
सहकारी विभागको केन्द्रीय सदस्यमा बम
Khadga Memorial And Janajagriti

धनगढी, साउन २१
नेपाली कांग्रेसको केन्द्रीय सहकारी विभागमा सुदूरपश्चिम प्रदेशबाट भोजबहादुर बमलाई मनोनित गरिएको छ । पार्टीको केन्द्रीय सहकारी विभाग विस्तारका क्रममा उनलाई सुदूरपश्चिमको प्रतितिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

लामो समयदेखि सहकारी आन्दोलनमा क्रियाशील बम यसअघि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक रहिसकेका छन् । सहकारी अभियान्ताका रुपमा चिनिने बम नेशनल को–अपरेटर्स नेपालका केन्द्रीय सदस्य समेत हुन् । बम नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि तथा कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत हुन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update