Hamro Patra
जन्मदिनको अवसरमा सहकर्मीको स्मृतिमा गठित अक्षय कोषमा रकम जम्मा
Khadga Memorial And Janajagriti

टीकापुर, साउन २१
दुई जना अग्रज पत्रकारले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन डोटीले स्थापना गरेको अक्षय कोषमा नगद सहयोग गरेका छन । युनियन डोटीले संस्थापक अध्यक्ष तेजु खड्काको स्मृतिमा अक्षय कोष स्थापना गरेको छ ।
सोही अक्षय कोषमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम र नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य मुकुन्द भण्डारीले नगद रकम सहयोग गरेका छन । बमले ११ हजार १०१ र भण्डारीले १० हजार रुपैयाँ जम्मा गरेका छन ।
अक्षय कोषबाट युनियन डोटीले हरेक वर्ष तेजु खड्का स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन ।
बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएको थियो । सो कंकाल खड्काकै भएको प्रमाणित भएपछि उनको मृत्यु भएको पुष्टी गरिएको छ ।
प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्ता लगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update