Hamro Patra
वडासचिव बलात्कार आरोपमा पक्राउ

टीकापुर, साउन २१
भजनी नगरपालिका वडा नं. ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कार आरोपमा पक्राउ परेका छन । उनलाई एक महिलाले बलात्कारको आरोप लगाएकी छन ।

ती महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको उजुरी दर्ता गरेकी छन । एक महिलाका तर्फबाट चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको छ । उनलाई जिल्ला चलान गरिएको छ ।

नगरपालिकाका उपमेयर छाया देवकोटाले घटनाको बारेमा सामान्य जानकारी मात्रै भएको बताईन । ‘मैले पनि भरखरै थाहा पाए । जिल्ला प्रहरीमा उजुरी दिएको छ रे’ उनले भनिन्–‘घटनाका बारेमा विस्तृत जानकारी छैन ।’

वडाध्यक्ष जन्ताराम चौधरीले चौधरी र ती महिलाका बीच पूरानो सम्बन्ध रहेको पाईएको बताए । उनले वडासचिव चौधरीलाई फसाउन ती महिलाले बलात्कारको आरोप लगाएको बताए । ‘उनीहरुको सम्बन्ध पूरानै हो’ उनले भने–‘सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाएको हुनसक्छ ।’

उनीहरुबीचको घटनालाई स्थानीयस्तरमै मिलाउने प्रयास भएको केही स्थानीयले बताए । घटना मिलाउने कार्यमा जनप्रतिनिधि नै संलग्न रहेको स्रोतको दावी छ । महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको देखिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update