Hamro Patra
पास्टरले सात दिनमा बचाउँछु भनेपछि शव घरभित्रै

टीकापुर, साउन २०
एकजना पास्टर (क्रिश्चियन गुरु) ले ज्यूदो फर्काउने भनेपछि टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका इश्वर डगौराले आफ्ना मृत बुवाको शव केही दिन देखी घरभित्रै राखेको पाईएको छ ।

छिमेकीले शव गन्हाएको खबर दिएपछि प्रहरी पुग्दा सो घटना बाहिरिएको हो । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले घरभित्र ४३ वर्षका मोतिराम डगौराको शव भेटिएको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनका अनुसार स्थानीय पास्टर दीपक चौधरीले सात दिन भित्र बचाउने भनेपछि मृतकको शव घरभित्रै राखेको पाईएको छ । मृतकका छोरा इश्वरले सात दिनमा बुवा बाँच्ने भनेपछि शव घरभित्रै राखेको प्रहरीसँग बताएका छन । मृतकको शव पास्टर चौधरीको घरभित्र भेटिएको छ । उनलाई केही दिन अघि उपचारका लागि त्यहाँ लगेको पाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनको केही दिन अघि नै मृत्यु भैसकेको जस्तो देखिन्छ । उनको शव सडेको अवस्थामा भेटिएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पु¥याएको छ ।

डिएसपी न्यौपानेले घटनाका बारेमा सोधपुछ गर्न मृतकका छोरा सहित चार जनालाई नियन्त्रणमा लिएको बताए । उनले घटनाको प्रारम्भिक अनुसन्धान भैरहेकाले थप कुरा जानकारीमा नआएको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update