Hamro Patra
मृगौला पीडितलाई सहयोग

टीकापुर, २९ चैत
टीकापुर नगरपालिका–१ ब्लक नं. ३२ की मृगौला पीडित दुर्गा साउँद (११) योग साधना केन्द्रले आर्थिक सहयोग गरेको छ । पतञ्जली योग नगर समिति टीकापुरद्वारा सञ्चालित पर्यटन सूचना केन्द्र योग साधना केन्द्रले आज मृगौला पीडितकी आमा झुप्री साउँदलाई रकम हस्तान्तरण गरेको छ ।


योग साधना केन्द्रका संयोजक कल्पना जैशीको पहलमा विभिन्न व्यक्तिहरुबाट संकलन गरिएको ५२ हजार ५ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । संयोजक जैशीको सभापतित्वमा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा पतञ्जली योग समिति सुदूरपश्चिम सदस्य तारा खरेल, कैलाली जिल्ला सदस्य सर्वानन्द चपाई, टीकापुर नगर अध्यक्ष बासुदेव वजगाई लगायतले बोलेका थिए ।

Khadga Memorial And Janajagriti


कार्यक्रममा मृगौला पीडितकी आमा झुप्री साउँदले आफुहरुको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोग जुटाइदिएकोमा धन्यवाद व्यक्त गरिन । संयोजक जैशीले आफुहरुले योगका साथै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि मानवीय सेवा गर्नुपर्छ भन्ने भावनाका साथ सबैतिरबाट सहयोग संकलन गरेर हस्तान्तरण गरेको बताईन । उनले आगामी दिनमा समेत सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन ।


मृगौला पीडित साउँद टीकापुर स्थित आरएमई स्कूलमा कक्षा ७ अध्ययनरत रहेकी छन । उनलाई फागुन १२ गतेदेखि काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update