Hamro Patra
रावलको निधन प्रति शोक व्यक्त

टीकापुर, साउन १९
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टीकापुर नगर कमिटिले लोकेन्द्रबहादुर रावलको निधन प्रति दुःख व्यक्त गरेको छ ।

नगर कमिटि अध्यक्ष खडकबहादुर शाहले आज एक समवेदना वक्तव्य जारी गर्दै नगर कमिटि सदस्य समेत रहेका रावलको निधनले सिंगो पार्टीलाई मर्माहित तुल्याउनुका साथै एक असल, कर्तव्यनिष्ट, इमान्दार व्यक्ति गुमाएर अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन ।

समवेदना वक्तव्यमा मृतक रावल प्रति चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गरी इश्वरले शोकलाई शक्तिमा बदल्ने क्षमता प्रदान गरुन भन्ने कामना गरिएको छ । 

Khadga Memorial And Janajagriti

यसैगरी रावलको निधन प्रति मानसुरा सेवा समाज टीकापुरले समेत दुःख व्यक्त गरेको छ । आज एक शोक वक्तव्य जारी गरी समाजको आजिवन सदस्य तथा युवा संयोजक रावलको निधनले समाजलाई ठूलो क्षति पुगेको उल्लेख गरेको छ ।

समाजका महासचिव कमलबहादुर रावलले जारी गरेको शोक वक्तव्यमा एक असल, कर्तव्यनिष्ट, इमान्दार समाजसेवी गुमाएकाको उल्लेख गर्दैै मृतात्माको चिर शान्तिको कामना सहित कालिकादेवीले परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनिएको छ ।

रावलको निधन प्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत दुःख व्यक्त गरेका छन । उनको मृत्युले धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्तालाई स्तब्ध बनाएको छ ।

टीकापुरका व्यवशायी रावल निकै मिलनसार व्यक्ति थिए । उनी युवाहरु माझ निकै लोकप्रिय थिए । विद्यार्थीकालदेखी नै राजनीति आरम्भ गरेका उनी पछिल्लो समय निकै सशक्त युवाका रुपमा चिनिन थालेका थिए । उनको निधनले टीकापुरबासीलाई समेत स्तब्ध पारेको छ ।

उनी केही समय यता क्यान्सरसँग लडिरहेका थिए । केही समय काठमाण्डौंमा उपचार पछि उनलाई केही दिन अघि मात्रै टीकापुर ल्याईएको थियो । हिजो उनको स्वास्थ्य अवस्था निकै गम्भिर बनेपछि थप उपचारका लागि कोहलपुर लैजाने क्रममा बर्दियाको बाँसगढीमा निधन भएको थियो ।

मृतक रावल प्रति हाम्रोपत्र डटकम परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update