Hamro Patra
सुदूरपश्चिममा आज ४८ जना कोरोना संक्रमित थपिए, देशभरमा २४६

टीकापुर, साउन १८
सुदूरपश्चिम प्रदेशमा आज ४८ जना कोरोना संक्रमित थपिएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको हो ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ८२, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Khadga Memorial And Janajagriti

कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ ।

दैनिक संक्रमण बढेपछि सुदूरपश्चिम देशभरीमा सबैभन्दा बढि संक्रमित रहेको दोस्रो प्रदेश बनेको छ । सुदूरपश्चिम प्रदेश भन्दा बढि संक्रमित प्रदेश नम्वर २ मा रहेका छन ।

आजै नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ ।

आज थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन । यो सहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन । नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update