Hamro Patra
सुदूरपश्चिममा साउन १९ गते सार्वजनिक विदा

धनगढी, साउन १८
सुदूरपश्चिम प्रदेशमा भोली अर्थात साउन १९ गते सार्वजनिक बिदा हुने भएको छ । जनै पूर्णीमा र रक्षाबन्धन पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले यसअघि नै रक्षाबन्धन पर्वमा सार्वजनिक बिदा दिने निर्णय भैसकेको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनका अनुसार रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने छ । उनले संघीय सरकार मातहतका कार्यालयमा समेत बिदा हुने बताए ।

प्रदेश सरकारले साउन १९ गते रक्षाबन्धन, भदौ ७ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’ पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने २०७७ जेठ २३ गते निर्णय गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update