Hamro Patra
सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दियो
Khadga Memorial And Janajagriti

टीकापुर, साउन १७
लम्की चुहा नगरपालिका–६ गुलरामा आज सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिंदा एकजना घाईते भएका छन ।

स्थानीय रामकुमार चौधरीका अनुसार बा १ झ ९२५० नम्बरको सरकारी गाडीले बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएका हुन । घाइते हुनेमा मोटरसाईकल चालक बर्दगोरिया गाउँपालिका–४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी रहेका छन । उनको दाया खुट्टामा चोट लागेको छ ।

दुर्घटना लगत्तै सरकारी गाडीका चालक र अन्य सवार फरार रहेकाले कुन कार्यालयको हो भन्ने कुरा नखुलेको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update