Hamro Patra
सुदूरपश्चिममा आज ५३ जना कोरोना संक्रमित थपिए

धनगढी, साउन १७
सुदूरपश्चिममा आज थप ५३ जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा जाँचमा कैलालीमा ३० सहित ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनामा कोरोना परीक्षण गरिएको थियो । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ७८ पुगेको छ ।

Khadga Memorial And Janajagriti

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको सवास्थ्य मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका पाँच सय ४४, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ३२ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका तीन हजार ८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update