Hamro Patra
सेती नदीमा डुबेर दुई स्वास्थ्यकर्मी बेपत्ता
Khadga Memorial And Janajagriti

डोटी, साउन १७
डोटीको शिखर गाउँपालिका–१० बाङडुङ्ग्रीसैन नजिकै सेती नदीमा बगेर दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन । बेपत्ता हुनेमा डडेल्धुरा परशुराम नगरपालिकाका हरी जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह रहेका छन ।

उनीहरु डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा कार्यरत रहेको बताईएको छ । उनीहरु डोटीको शिलगढीस्थित शैलेश्वरीको दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।

उनीहरु नदीमा नुहाउने क्रममा वेत्तपा भएका हुन । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनीहरुसँगै रहेका एक अर्का व्यक्ति पौडिएर ज्यान जोगाउन सफल भएका छन । उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन भएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update