Hamro Patra
गायक थापाको ‘भत्ता पचाउन’ सार्वजनिक

टीकापुर, साउन १५
सञ्चारकर्मी तथा लोक दोहोरी गायक गोपालजंग थापाको ‘भत्ता पचाउन’ बोलको गीत सार्वजनिक भएको छ । उनलाई सो गीतमा गायिका तृप्ती खड्काले साथ दिएकी छन ।

उक्त गीतमा देशमा मौलाइरहेको भ्रष्टाचार, बेथिती, सिमा मिचिएको विषयमा चोटिलो प्रहार गरिएको छ । सीमाको रक्षा स्वाभिमानलाई गीतमार्फत् प्रस्तुत गरेका गायक थापाले केही मिडिया हाउसले लकडाउनको बेला पत्रकारहरुलाई जागिरबाट निकालिएको तथ्यलाई समेत उजागर गरेका छन् ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिकाका बासिन्दा गायक थापाको उक्त गीतमा चित्रकला बुढा थापा, हेमराज अधिकारी र भिमेष रिमालले अभिनय गरेका छन् ।

कसैकसैलाई भत्ता पचाउन हतार हुँदा गरिबीको पीडामा बाँच्न बाध्य कयौँ नेपालीको चुलोमा आगो बल्न धौधौ भएको तितो यथार्थलाई गीतमार्फत उजागर गरेका छन् । उनले गीत मनोरञ्जनका लागि मात्र नभई जनजागरणका लागि पनि तयार पारेको बताए ।

उनले नेपालका नेता, क्या राम्रो रैछ नि साँफेबगर, बर पिपल छायाले, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका एल्बमहरु बजारमा ल्याइसकेका छन् । उनी पछिल्लो समय उदीयमान गायकका रुपमा सांगीतिक क्षेत्रमा आएका छन ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update