Hamro Patra
बाढीमा बगेका बालकको शब भेटियो, दुई अझै बेपत्ता

टीकापुर, साउन १५
बाढीमा बगेर बेपत्ता भएका बालकको शव भेटिएको छ । भजनी नगरपालिका–८ जनकपुरका ९ वर्षका स्केल चौधरीको शव आज भेटिएको हो । 

उनको शव गाउँ भन्दा डेढ किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा भेटिएको स्थानीय चेतमान खत्रीले जानकारी दिएका छन । उनको शवलाई नेपाली सेनाको टोलीले उद्दार गरेको छ । उनी हिजो बिहान घर नजिकैबाट बाढीमा बगेर बेपत्ता भएका थिए ।

Khadga Memorial And Janajagriti

भजनी नगरपालिका वडा नं. ८ सुनाहाफाँटाबाट बाढीमा बगेर बेपत्ता अन्य दुई जनाको अवस्था भने अझै अज्ञात छ । प्रहरीका अनुसार सोही ठाउँका ४२ वर्षका इश्वर शाही र ३३ वर्षका चक्र विक अझै बेपत्ता छन । उनीहरुको समेत खोजी कार्य भैरहेको छ । 

प्रहरीका अनुसार उनीहरु दुवैजना हुलाकी मार्ग नजिकै बाढी तर्ने क्रममा सँगै बेपत्ता भएका हुन । उनीहरुसँगै बाढीमा बगेका अन्य दुई जनाको भने प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update