Hamro Patra
बाढीमा बगेर बालक बेपत्ता
Khadga Memorial And Janajagriti

टीकापुर, साउन १४

कैलालीको भजनी नगरपालिका–८ जनकपुरमा आज बिहान बाढीमा बगेर एक बालक बेपत्ता भएका छन । आफन्तका अनुसार ९ वर्षका स्केल चौधरी बाढीमा बगेर बेपत्ता भएका हुन । उनका काका कृष्ण चौधरीले पथरैया नदीबाट गाउँ पसेको बाढीले स्केललाई बेपत्ता बनाएको हो । उनी गाउँमा बाढी पसेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्ता भएको बताईएको छ । पथरैया नदीबाट गाउँ पसेको बाढीले सबैजसो घर डुबानमा पारेको छ । धेरैजसो स्थानीय बाढीमा फसेका छन । उनीहरुको अझै उद्दार हुन सकेको छैन । स्थानीयले घरमा भएको सबै खाद्यान्न बगाएको बताएका छन । भजनी नगरपालिकाका धेरैजसो वडाका बस्ती बाढीमा डुबेका छन । उद्दारमा सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय युवा जुटेका छन । पुथ्वीपुर प्रहरी चौकीका इञ्चार्ज चंख कठायतले लालबोझीका ६० जनालाई उद्दार गरेर विद्यालयमा राखिएको बताए । उनले कान्द्रा र मोहना नदीमा पानीको सतह बढिरहेकाले उद्दार कार्यमा निकै कठिनाई भैरहेको जानकारी दिए । यता सोनाहाफाँटा प्रहरी चौकीले उद्दार सामाग्री नभएका कारण बाढीमा फसेका व्यक्तिहरुको उद्दारमा समस्या भैरहेको बताए । त्यहाँ कार्यरत एक सुरक्षाकर्मीले बाढी पसेका बस्तीका बासिन्दालाई आफ्नै ढंगले सुरक्षित बस्न आग्रह गरिरहेको बताए ।

photo Source:facebook

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update