Hamro Patra
नयाँ वर्षको पूर्वसन्ध्यामा पेनाल्टी शुटआउट हुने
Khadga Memorial And Janajagriti

 धनगढी, २० चैत २०७५

नयाँ वर्षको पुर्वसन्ध्यामा रात्रीकालिन पेनाल्टी शूटआउट फुटवल प्रतियोगिता हुने भएको छ । स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रीकालिन पेनाल्टी शूटआउट फुटवल प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको यो सातौँ संस्करण हो ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले अघिल्ला वर्षहरुमा जस्तै यस वर्षपनि चैत्र ३० गते रात्रीकालिन पेनाल्टी शूटआउट फुटवल प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समुहले मात्रै सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार का साथै ट्रफी र द्वितीय हुने टिमले नगद ७५ हजार र ट्रफी पुरस्कार पाउने संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता धनगढीमा रहेको ओम प्यालेसमा चैत्र ३० गते साँभ शुरु भई राती १२ बजे नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै समापन गरिने बतार्ईको छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update