Hamro Patra
टीकापुर जेसीजले २३औं स्थापना दिवस मनायो
Khadga Memorial And Janajagriti

टीकापुर, असार २२
टीकापुर जेसीजले आज एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको छ । स्थापनाको २३औं वर्ष पार गरेको जेसीजले टीकापुर नगरपालिका वडा नं. २ स्थित मेरी आमा संस्थामा खाद्यान्न सामाग्री वितरण गरेर स्थापना दिवस मनाएको हो । अनाथ बालबालिकाहरुलाई संरक्षण गर्दै आएको मेरी आमा संस्थामा जेसीजले चामल, दाल, नुन, तेल, फलफूल र मिठाई सहयोग गरेको हो ।

टीकापुर जेसीजका अध्यक्ष तपेन्द्र स्वाँरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष प्रा.डा. जगतबहादुर सिंह रावल रहेका थिए । डाक्टर रावलले सामाजिक अभियानमा सक्रिय जेसीजले मानवीय सेवाका कार्यहरु गर्दै आइरहेको बताए । उनले नेतृत्व विकास गर्दै समाज सेवामा युवालाई प्रेरित गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल जेसीजका महासचिव टेकराज रेग्मी, उपाध्यक्ष गणेशबहादुर साउँद, पूर्व अध्यक्ष कीर्तिसिंह बम, जगदिश्वर पण्डित लगायतले मन्तव्य राखेको टीकापुर जेसीजका महासचिव पृथ्वीराज ढुंगानाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update