Hamro Patra
ओली र प्रचण्ड समर्थकविच झडप
Khadga Memorial And Janajagriti
असार २२, लम्की
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपि शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्ड पक्षधर बिच कैलालीको लम्कीमा झडप भएको छ । ओली पक्षधरहरुले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्यालीमा झडप भएको हो । कोणसभा चलिरहेका बेला प्रचण्ड पक्षधरहरुले आक्रमणको प्रयास गरेका थिए । झडपपछी केहीबेर लम्की क्षेत्र तनावग्रस्त भएको थियो । सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपि शर्मा ओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा प्रर्दशन गरेका थिए । देशको मुहार फेर्नु छ साथि, पार्टि भन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा समेत लेखेका प्ले कार्ड सहित के.पि. शर्मा ओली पक्षधर युवाहरुको सहभागिता थियो । सचेत नागरीक समाजको तर्फबाट के.पि शर्माओली पक्ष निकट लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले के.पि. शर्मा ओलीको बचाउ गदै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएपछि प्रचण्ड पक्षधरले माइक खोसेका थिए । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर चन्दले कार्यक्रममा सामान्य भनाभन मात्रै भएको बताए । "झडप होइन, कार्यक्रममा भनाभन मात्रै भएको हो" चन्दले भने "कोही घाइते हुने, त्यस्तो केही भएको रिपोर्टिङ हामीलाई छैन ।"
पछिल्लो समयमा नेकपा भित्र बिबाद चुलिदै गएपछि स्थानीय कार्यकर्ता तहमा समेत विवाद हुन थालेको छ । 
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update