Hamro Patra
मृतक पत्रकार खड्काको घटना रहस्यमय

टीकापुर, असार १७

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले मृतक पत्रकार तेजबहादुर खड्का तेजुको घटना रहस्यमय भन्दै गम्भिर अनुसन्धानको माग गरेको छ ।

Khadga Memorial And Janajagriti

महासंघ सुदूरपश्चिमका महासचिव योगेश रावलले आज एक विज्ञप्ती जारी गरी कंकालसँगै भेटिएका परिचय पत्र लगायतका केही सामाग्रीहरु लामो समयसम्म पनि दुरुस्त देखिनुले घटना रहस्यमय भएको ठहर गरेको छ ।

विज्ञप्तीमा मृतक खड्काका परिवारलाई सहयोगका लागि सरकार समक्ष माग समेत गरिएको छ । मृतक खड्का २०७५ भदौ ९ गते बाजुराको बुढीनन्दा नगरपालिकामा पर्ने धार्मिकस्थल बुढीनन्दा मन्दिरमा लागेको मेलाको समाचार संकलन गरेर फर्किने क्रममा एकाएक बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको भनिएको ठाउँबाट २०७६ मंसिरमा कंकाल भेटिएको थियो । सो कंकाल नेपाल प्रहरीको केन्द्रिय विधी विज्ञान प्रयोगशालामा गरिएको डिएनए परिक्षणमा मृतक खड्काकै भएको पुष्टी भएको छ । यो कंकाल नजिकै मृतक खड्काको परिचय पत्र, सवारी चालक अनुमति पत्र लगायतका सामाग्री भेटिएका थिए ।

तत्कालिन अवस्थामा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत मृतक खड्काले रेडियो नेपालमा समेत काम गरेका थिए । डोटीका स्थायी बासिन्दा मृतक खड्का केही समयदेखी बाजुरामा बस्दै आएका थिए । उनी प्रेस यूनियन डोटीका संस्थापक अध्यक्ष हुन ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update