Hamro Patra
अध्यक्ष रावलले गरे सहारा घरलाई सहयोग

टीकापुर, असार १५ 
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलले जन्मदिनको अवसरमा सहारा घरमा सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित सहारा घरलाई सहयो गरेका हुन् ।

घरबारविहीन सडक जीवन यापन गर्दै आएकाहरुलाई संरक्षण गर्दै आएको सहारा घरमा रावलले आफ्नो ३२औं जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा रावलले सहारा घरलाई नगद ११ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

Khadga Memorial And Janajagriti

मानवीय सेवामा सानो सहयोग गर्न पाएको बताउँदै अध्यक्ष रावलले मानवीय सेवामा समर्पित सहारा घर सडक मानवहरुका लागि साँच्चिकै सहारा बनेको बताए । सहारा घरका संरक्षक बलबहादुर विष्टले सबैको सहयोगबाट मानवीय सेवामा टेवा पुग्दै आएको बताए ।

हाल सहारा घरमा नेपाल तथा भारतका गरी ८२ जना पाहुनाहरु बस्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update