Hamro Patra
टीकापुरले ल्यायो ७१ करोडको बजेट

टोपप्रकाश वि.क.
टीकापुर, ९ असार

टीकापुर नगरपालिकाले आगामी वर्षका लागि ७१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जारी सातौं नगरसभामा नगर उपप्रमुख केशरी विष्ट रावलले ७१ करोड १४ लाख ५६ हजार ५० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

Khadga Memorial And Janajagriti

नगरपालिकाले विनियोजित बजेट मध्ये चालुतर्फ ४५ करोड २४ लाख ११ हजार ७ शय ४९ रुपैयाँ तथा पूँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार ३ शय रुपैयाँ विनियोजन गरेको हो । टीकापुर नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्दारका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले प्रस्तुत बजेटमा एक वडा एक गौरबको सडक योजना, विद्यालय दीवा खाजा कार्यक्रम, टीकापुर अस्पतालमा संचालन गरिएको बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा, घरदेखि अस्पताल, हाम्री छोरीः प्यारी छोरी कार्यक्रमलाई निरन्तरता दिएको छ । टीकापुर अस्पतालमा विशेषज्ञ तथा एन.आइ.सी.यु. सेवा सञ्चालनका लागि ५० लाख ४० हजार, निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि २ लाख बजेट विनियोजन गरेको छ ।

आमासँग उपमेयर कार्यक्रमका लागि १० लाख, नमूना स्वास्थ्य चौकी र पोषणमैत्री वडा कार्यालयका लागि १० लाख, आयुर्वेद स्वास्थ्य कार्यक्रमका लागि ३२ लाख बजेट विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि ४ करोड ७८ लाख ९३ हजार ३६ रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update