Hamro Patra
निशुल्क दन्त शिविर
Khadga Memorial And Janajagriti

टीकापुर, २८ चैत्र
टीकापुर नगरपालिका–२ मा आज निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा १७० जनाले सेवा लिएका छन । उनीहरुलाई औषधी, दन्तमञ्जन र टुथपेष्ट प्रदान गरिएको छ ।


टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको शिविरमा एभरेष्ट डेन्टल क्लिनिकले प्राविधिक सहयोग गरेको छ । टीकापुर नगरपालिका २ नं. वडा कार्यालयले समेत शिविरलाई सहयोग गरेको छ ।


सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्टराईको सभापतित्वमा भएको शिविरको वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकीले उद्घाटन गरेका थिए । शिविरमा एभरेष्ट डेन्टल क्लिनिककी चिकित्सक डा. पवित्रा बिष्ट बोगटीले स्वास्थ्य जाँच गरेकी थिईन ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update