Hamro Patra
क्वारेन्टाइनमा बस्नेमा मानसिक समस्या

टीकापुर, ३१जेठ
टीकापुरका ४८ वर्षीय चुहानसिंह नेपालीभारतको धार्चुलामामजदुरी गर्थे । भारतमाभएको लामो लकडाउनपछि उनी जेठ १९ गते नेपालफर्किए । जनज्योतीआधारभूतविद्यालयको क्वारेन्टाइनमा बस्दै आएकाउनी शुरुमा सामान्यथिए । केहीदिनमै उनको व्यवहार बद्लिनथाल्यो । उनीएकोहोरिएर झोक्रिन्छ ।व्यवहारपनि फरक फरक देखाउँछन् । निकैबेर सुत्दैनन् । दैनिकमजदुरीमा परिवार पाल्दै आएकाउनमामानसिकसमस्याहरु देखा पर्न थालेका छन् । भारतमा गरेको मजदुरीकै भरमा सुकुम्बासी बस्ती रहेको गणेशपुर शिविरमापरिवार पाल्दै आएकाउनमा यस्ता लक्षण देखिएकाहुन् । सोहीक्वारेन्टाइनमा बस्दै आएका २८ वर्षीय विकास वि.क.मापनिमानसिकसमस्याहरु देखा पर्न थालेका छन् । उनी बेला बेलाझोंकिन्छन् । दुई छोराछोरी र श्रीमतीसहितभारतको देहरादुनबाट आएकाउनले श्रीमतीलाई कतिपटक कुटपिट नै गरे । बच्चा समाएर रातिभाग्नखोजे । निकै तनावमादेखिने उनले फरक व्यवहार देखाइरहेका छन् ।

क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार पन्नाराम र दिलीपउदाहरण मात्रै हुन् । क्वारेन्टाइनमा बस्ने कतिपयव्यक्तिहरुमादिनहुँजसो यस्ता लक्षणहरु देखा पर्न थालेका छन् ।
‘चुहानसिंह जीमा कसैसँग कुरा नगर्ने, सुस्त मनस्थिति, टोलाएर बस्ने जस्ता लक्षण देखा परेका छन्’ स्वास्थ्यकर्मी रञ्जिनाचौधरी भनिन् ‘टाउको दुख्यो भन्दै आउँछन्, औषधीदिएकै हुन्न, मलाई ठीक भइसक्यो नानीबन्दै जान्छन्, उनको व्यवहार निकै परिवर्तन भएको छ ।’

टीकापुर नगरपालिका वडा नं. १ का ५० वर्षीय जगत दमाई हैदराबादबाट नेपालआए । टीकापुर पोलिटेक्निकल इन्स्टिच्युटको क्वारेन्टाइनमा बसेको दुई दिनमै उनलाई मानसिकसमस्याहरु देखा पर्न थाले । श्रीमतीसहितआएकाउनीक्वारेन्टाइनमा रहेको सिंढीबाट हामफाल्नखोज्छन् । बर्बराउँछन् ।बेला बेलारुने, कराउने र बोलाएपनिनसुन्ने जस्ता फरक गतिविधिगर्न थालेपछि क्वारेन्टाइनमा बसेकाहरु त्रसित बनेका छन् ।
जगतकीश्रीमतीलाई उद्धृत गर्दै क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी रामरतीचौधरीले भनिन् ‘सिंढीबाट तलमाथिगर्ने, हामफाल्नखोज्ने गरेर सबैलाई हैरानबनाएका छन् ।’उनले बेला बेलानिन्द्रालाग्ने औषधीमाग्ने गरेको चौधरीले बताइन् ।

Khadga Memorial And Janajagriti

यीकेहीउदाहरण मात्रै हुन्, लामो समयसम्म लकडाउनमा रहेर स्वदेश फर्किएकाअधिकांशहरुमा यस्ता लक्षणहरु देखा पर्न थालेका छन् । क्वारेन्टाइनको १४ दिनको बसाईं, समयमाहुननसकेको स्वाब परीक्षण, कोरोनाबारे फैलिएको त्रास, आर्थिक र सामाजिक कारणले उनीहरुमामानसिक समस्याहरु देखिएकाहुन् । क्वारेन्टाइनमा बसेका अधिकांशहरु भारतबाट आएकानिम्नबर्गीयहरु छन् । रोजीरोटी गुमाउनु पर्दाको पीडाले समेत उनीहरुमात्यस्ता समस्या देखिएकाहुन् ।कोरोनाले आर्थिक मन्दीहुने देखिएसँगै के खाने कसो गर्ने भन्ने तनाव छ । मुख्यतयादिनभरि मजदुरी गरेर बिहानबेलुकाको छाक टार्ने सर्वसाधारणलाई मानसिकबोझ धेरै छ । मानसिकतनावले चिट्चिटहापन हुने, निन्द्रा र भोक नलाग्ने, रिसाउने, मनमा डर पैदा हुने, दिमागले केही सोच्ननसके जस्तो हुने वाउदास हुने जस्ता समस्या देखिएकाहुन् । अनावश्यक डरत्रास, रोगसम्बन्धीकम ज्ञान, नकारात्मक सोचले डिप्रेसनका बिरामीलाई झन् एक्लो बनाएको हुनाले प्रायःक्वारेन्टाइनमा बसेकामा यस्ता समस्या देखिएको टीकापुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक धर्मसिंह बटालाले बताए । ‘कोरोनाको त्रासपछिको अवस्थाबारे पर्याप्तकाउन्सिलिङ हुननसक्नु, समुदायका मान्छेसँग भेटघाट नहुनु, समाजबाट तिरस्कृत हुने डर हुनु जस्ता कुराले यस्ता समस्या देखिएकाहुन्’ बटालाले भने ‘सामाजिक, मानसिक र भौतिक रुपमै उनीहरुलाई जगाउनआवश्यक छ ।’

भारत लगायतबाट आएकाहरुलाई राखिएकाक्वारेन्टाइनहरुमा फ्रिवाइफाई जोडिएका छन् । साँझविहान स्वास्थ्यकर्मीले स्वास्थ्य चेकजाँच गर्छन । सामान्य समस्याभएऔषधीदिने गरेको भएपनिमानसिक समस्याबारे स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण भने हुन सकेको छैन ।

‘सामान्य समस्याबारे क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई ओरेन्टेशनहुन जरुरी छ’ बटालाले भने ‘मानसिक समस्याहुनेहरुकालागिहामीले मनोपरामर्शकर्ताहरुको नम्बर उपलब्ध गराएका छौं तर पनिकतिपयले आफ्ना समस्या नै खोल्दैनन्, जसले गर्दा जटिल समस्याहुन सक्छ ।’

मानसिक समस्यालाई मध्यनजर गर्दै कतिपयक्वारेन्टाइनहरुमा विहान योग कक्षा, नाँच्ने जस्ता कार्यक्रमहरु गर्ने गरिएको छ । कोरोना संक्रमणबारे नियमित सही सूचनादिने, खाली समयलाई सिर्जनशीलबनाउनेतर्फ ध्यानदिन सके मानसिक समस्या केहीहदसम्मकमगर्न सकिन्छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update