Hamro Patra
सरसफाई सामग्री प्रदान

टीकापुर, जेठ ३०
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सेवक नेपाल सामुदायिक विकास परियोजनाले कैलालीका चारवटा स्थानीय तहलाई सरसफाई व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

परियोजनाले टीकापुर, लम्कीचुहा नगरपालिका, जानकी र बर्दगोरिया गाउँपालिकामा सामग्री हस्तान्तरण गरेको हो । कोरोना महामारीपछि शुरु गरिएका क्वारेन्टाइनहरुमा बसोबास गर्दै आएकाहरुलाई सहयोग पुर्याउने उद्देश्यले परियोजनाले पि.फर्म, बाल्टीन, ब्रस, हर्पिक, दन्तमञ्जन, ब्रस, साबुन, सिलिंग फ्यान लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

Khadga Memorial And Janajagriti

चारवटै स्थानीय तहहरुमा ४ लाख ५० हजार रुपैयाँ बराबरको सरसफाई सामग्री हस्तान्तरण गरिएको जिएनआई नेपालका कर्मचारी मंगल शाहले बताए । शाह, निर्मला क्षेत्री र मीना आचार्यले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख रावलले परियोजनाको सहयोगले क्वारेन्टाइन व्यवस्थापनमा राहत पुग्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update