Hamro Patra
असुरक्षितबन्दै क्वारन्टिन

टीकापुर, २४ जेठ
भजनीनगरपालिका वडा नं. ५ का रणबहादुर साउँदभारतको मुम्बईबाट गौरीफन्टा नाकाहुँदै भजनीपुगे । स्थानीयकर्मेश्वर मा.वि. कुटीमा बनाइएको क्वारेन्टाइनमा १४ दिन बसे । नगरपालिकाले आरडिटी चेक गर्यो । नतिजानेगेटिभ आएपछि उनीसहित ८ जना घर गए । तर घर परिवारकै सदस्यहरुले घर पस्न दिएनन् । स्थानीयहरुले विरोध गरेपछि उनीहरु मिलन नर्सरी सामुदायिकवनमात्रिपालहालेर बसे । वरिपरि घना जंगल ।चारैतिर खुल्ला, खाँमा खुट्टा गाँडेर बनाएको त्रिपालमुनिजंगलमै रातबिताए । ‘के निन्द्रालाग्थ्यो र ? रातभर सुतेनौं, कतिबेलाजंगलीजनावरको डर कतिबेला सर्प, किराहरुको त्रास’ साउँदले भने ‘आफन्तहरुले नै घर बस्न नदिएपछि आधा सुत्ने, आधाजागाराम बसेर कुर्ने गर्दै रातबितायौं ।’शुक्रवारदेखि पानी पर्न थालेपछि भने उनीहरु जंगलबाट बाख्रा राखिएको गोठमा बसेका छन् । ‘कोरोना भन्दा सर्प, किराहरुले ज्यान लिन्छन् कि भन्ने पीर छ’ साउँदले दुःखेसो गरे ‘पीसीआर चेक गरेको भएहामीलाई घरमै बस्न सजिलो हुने थियो । आरडिटी गरेपछि छिमेकीले नै घर जानदिएनन्, गोठको बास भएको छ ।’

आरडीटी चेकको भरपर्दो नभएको भन्दै स्थानीयले उनीहरुलाई घर आउननदिएकाहुन् । स्थानीय ईश्वर जोशीले भारतबाट आएका र स्थानीयबीच छलफल गरेरै वनमाबसाएको बताए । ‘मेरो छोरा र ज्वाँई पनिजंगलमै बसेका हुन्’ जोशीले भने ‘तीआफन्तहुन् तर रोग त आफन्तहुँदैन, त्यसैले हामीले त्यहाँ राख्ने सहमति गरेका छौं ।’टीकापुर नगरपालिका वडा नं. ६ का वडा सदस्यलायकरामचौधरी राष्टिय मा.वि. बेलुवाको क्वारेन्टाइनमा बसेका थिए । भारतबाट आएका १८ महिलासहित ५५ जना रहेको क्वारेन्टाइन कुर्न उनीआफै बस्दै आएका छन् । शुक्रवार राति ११ बजे उनीशौचालयजाननिस्किएँ । ढोकाको छेउमै झण्डै ५ फिट लामो करेंत सर्प देखेपछि उनीझस्किएँ । तराई क्षेत्रमानिकै बिषालु मानिने त्यो सर्पलाई क्वारेन्टाइनमा बसेकाहरुले मुश्किलले मारे ।

Khadga Memorial And Janajagriti

यी त केहीउदाहरण मात्रै हुन् । भारतबाट आएकाहरुलाई राखिएकाक्वारेन्टाइनहरु वर्षायामलागेसँगै निकै असुरक्षित बनेका छन् । केहीदिनयतापानी पर्न थालेपछि तराई क्षेत्रमासर्पहरु निस्किने क्रम बढेको छ ।‘क्वारेन्टाइन राखेपछि नै हामीले पाँच वटा सर्पहरु मारिसकेका छौं’ चौधरीले भने ‘दिउँसोको समयमाआउँदाखासै डर नभएपनिबालबालिकासहितमहिलाहरु रहेको क्वारेन्टाइनहरु रातिसर्प, विषालु किराकोडर बढेको छ ।

’कैलालीमाभारतबाट आएकाहरुलाई विभिन्नविद्यालयहरुमाक्वारेन्टाइन बनाएर राखिएको छ । केही जीर्ण पुरानाभवनहरु छन् । लकडाउन शुरु भए अघि नै विद्यालयहरु बन्द भएपछि सरसफाईकोकमीका कारणले समेत क्वारेन्टाइनमाजोखिम बढ्दै गएको छ ।

‘वर्षायामलागि सक्यो पुरानाकच्चीभवनहरु छन्’ जनप्रकाशआधारभूतविद्यालय बाघमाराकाशिक्षक रघुनाथ उपाध्यायले भने ‘वर्षायाममा सर्पको विशेषगरी डर छ, सरसफाई गरे पनि सर्प त आइहाल्छन् ।’तराई क्षेत्रमाभुइँतलामा रहेका विद्यालयहरु निकै असुरक्षितभएको कर्णालीमा.वि. टीकापुरका प्रधानाध्यापकधर्मराजशर्माले बताए । ‘सबै विद्यालयमाझ्याल ढोका पनित्यत्ति राम्रा छैनन्’ शर्माले भने ‘भुइँतलामा वर्षायाममा सर्प, भ्यागुत्ता, विषालु किराहरुको जोखिमरहेको छ ।’

वर्षायामलाग्दै गर्दा विषालु सर्प, किराहरु मात्रै नभएर हावाहुरीको समेत जोखिमबढेको छ । टिनको जस्तापाताले छाएका विद्यालयहरु हावाहुरीले समेत उडाउने गरेको छ । विद्यालयमाबनाइएकाक्वारेन्टाइनहरुमा हावाहुरी आएर थप जटिलता हुने क्वारेन्टाइनमा बस्दै आएकाहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update