Hamro Patra
टीकापुरका थप पाँच जनामा कोरोना पुष्टि
Khadga Memorial And Janajagriti


टीकापुर, २८ जेठ
कैलालीका टीकापुर नगरपालिकाका थप पाँच जनामा कोरोना पुष्टि भएको छ । टीकापुर नगरपालिका वडा नं. १ मा रहेको कर्णाली मा.वि.को क्वारेन्टाइनमा रहेका पाँचजना पुरुषमा कोरोना पुष्टि भएको हो । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारी अनुसार वडा नं. १ का २३, २५ र २६ वर्षका पुरुष तथा वडा नं. ५ का १९ र ३५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको सेती प्रादेशिक अस्पतालको ल्याबमा कोरोना परीक्षण गरिएको थियो । यसअघि सोही क्वारेन्टाइनमा बसेका एउटै परिवारका तीनजनासहित चार जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि हुनेमा १८ वर्षीय गर्भवती महिला समेत रहेकी थिइन् । यो सँगै टीकापुर नगरपालिकामा कोरोना पोजिटिभको संख्या १३ पुगेको छ । मंगलवार वडा नं. ३ स्थित हिमालय मा.वि. घियाको क्वारेन्टाइनमा राखिएका वडा नं. १ का ४०, वडा नंं. ३ का २३ र २४ वर्ष र वडा नं. ४ का ३६ वर्षका पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई आइसोलेसनको अभावमा क्वारेन्टाइनमै राखिएको रावलले बताए । कोरोना संक्रमित पुष्टि भएकाहरु सबै भारतका विभिन्न ठाउँबाट आएका हुन् । टीकापुर नगरपालिकाले १९ वटा विद्यालयमा भारतलगायत बाहिरबाट आएका २ शय २६ महिला १०८३ पुरुष गरी १ हजार ३ शय ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update