Hamro Patra
रावलद्वारा प्रहरीलाई मास्क वितरण

टीकापुर, जेठ २२
युवा व्यवशायी तथा युवा संघ नेपालका नेता अशोक रावलले प्रहरीलाई मास्क प्रदान गरेका छन । उनले आज ५०० थान मास्क कैलालीका प्रहरी प्रमुख एसपी अनुपम शमसेर जबरालाई हस्तान्तरण गरेका छन ।

उनले कोरोना नियन्त्रणका क्रममा प्रहरीलाई सुरक्षा होस् भन्ने उद्देश्यले मास्क प्रदान गरेको बताए । उनले आफ्नै खर्चमा प्रहरीलाई कोरोना कहरमा सहयोग स्वरुप मास्क प्रदान गरेको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

‘कोरोनाको सबैभन्दा धेरै जोखिममा प्रहरी छन’ उनले भने–‘यस्तो अवस्थामा सानो सहयोग गरेको हुँ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोग स्वरुप प्राप्त मास्क आवश्यकता अनुसार मातहतका सुरक्षाकर्मीलाई उपलब्ध गराउने छ ।

रावलले कोरोना रोकथामका लागि भैरहेको लकडाउनका क्रममा समस्यामा परेका व्यक्तिहरुलाई समेत विभिन्न सहयोग गर्दै आएका छन ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update