Hamro Patra
टीकापुरका चार जनामा कोरोना पुष्टि

पृथ्वीराज ढुंगाना
टीकापुर, २० जेठ

कैलालीका टीकापुर नगरपालिकामा एकै परिवारका तीन जनासहित चार जनामा कोरोना पुष्टि भएको छ । टीकापुर नगरपालिकामा वडा नं. ५ का एउटै परिवारका २०, ३५ वर्षका पुरुष र १८ वर्षीया युवतीमा कोरोना पुष्टि भएको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले दिएको जानकारी अनुसार उनीहरु भारतको सुरतबाट जेठ ९ गते टीकापुर पुगेका थिए । त्यस्तै भारतको लखनऊबाट जेठ ८ गते आएका टीकापुर नगरपालिका वडा नं. १ ६३ वर्षीय एक पुरुषमा समेत कोरोना पुष्टि भएको हो ।

उनीहरु सबैलाई टीकापुर अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । टीकापुर नगरपालिका वडा नं. १ स्थित कर्णाली मा.वि.को क्वारेन्टाइनमा रहेका उनीहरुसहित ४२ जनाको स्वाब संकलन गरिएको थियो । अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा १२ जना महिलासहित ९९ जनालाई राखिएको छ ।

उनीहरुको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टोलीले थ्रोट स्वाव संकलन गरेको थियो । टीकापुर नगरपालिकाले १६ वटा विद्यालयमा भारतलगायत बाहिरबाट आएका ९ शय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अन्यको स्वाब संकलनको कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update