Hamro Patra
प्रदेश समितिद्वारा सातवटै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

टोप प्रकाश वि.क.
टीकापुर, जेठ १४
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सात पहाडी जिल्लाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छ । प्रदेश अध्यक्ष अर्जुन शाहको नेतृत्वमा सातवटै जिल्लामा पुगेको टोलीले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

अन्र्तक्रियाका क्रममा सञ्चारकर्मीहरुले कोरोनाको महामारी रोक्नका लागि भैरहेको लकडाउनका कारण पत्रकारिता निकै समस्या रहेको बताए । उनीहरुले प्राय सबै पत्रपत्रिकाहरु बन्द रहेको र रेडियो समस्याका बाबजुद सञ्चालन भैरहेको सुनाए ।

सञ्चारकर्मीहरुले रेडियोको लाइसेन्स नविकरण, विद्युत महशुस, टेलिफोन महशुल मिनाहाका लागि पहल गरिदिन आग्रह गरेका छन ।

Khadga Memorial And Janajagriti

सञ्चारकर्मीका गुनासा सम्बोधन गर्दैै प्रदेश अध्यक्ष शाहले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सञ्चारकर्मीको स्वास्थ्य बीमा एक साता भित्रै गरिने जानकारी दिए । ‘सबै सञ्चारकर्मीको एक साताभित्रै स्वास्थ्य बीमा हुन्छ’ उनले भने–‘यसका लागि सामान्य प्रावधान राखिने छन ।’

उनले सबै जिल्लाका रेडियो र पत्रपत्रिकालाई सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको राहत प्याकेज जिल्ला शाखाहरु मार्फत वितरण गर्ने तयारी भैरहेको जानकारी दिए । उनले राहत प्याकेज वितरणका लागि जिल्लामा अवस्थित रेडियो र पत्रपत्रिकाको विवरण संकलनको काम भैरहेको बताए ।

सोही टोलीमा रहेका प्रदेश समितिका महासचिव योगेश रावलले समाचार संकलन लगायतका क्रममा सञ्चारकर्मीले आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्नुपर्ने बताए । उनले आफू सुरक्षित भएर मात्रै समाचार संकलनका काममा खटिन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उनले सञ्चारकर्मीको सानो लापरवाहीले समग्र पत्रकारीता क्षेत्रले नै क्षति पुर्याउने खालका कुनै काम गर्न नहुने बताए । ‘हामी समाजका लागि उदाहरणिय पात्र हौ । जसले गर्दा हामीबाट कुनै गलत काम हुनु हुँदैन’ उनले भने–‘हामी माथि समाजको ठूलो भरोसा रहेको हुन्छ ।’

अध्यक्ष शाहले सबै जिल्ला शाखा मार्फत स्वास्थ्य सामाग्री वितरण गरेका छन । प्रदेश समितिले पत्रकारहरुलाई एन ९५ मास्क, सर्जिकल मास्क, सेनिटाइजर र पंजा लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
प्रदेश समितिलाई सबै जिल्ला शाखाहरुले संक्रमणकालिन अवस्थामा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लाको अवस्थाका बारेमा जानकारी लिएकोमा धन्यवाद व्यक्त गरेका छन ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update